दुर दराजका महीलाको मुहारमा हाँसो ल्याउन सक्छुः मिना पाण्डे

काठमाडौ २८ भदौ– नेपाली कांग्रेस निकट महिला संघको तेस्रो राष्ट्रिय महाधिबेशन बुधबार देखि काठमाडौमा सुरुहुँदै छ । लामो समय देखि तदर्थवादमा चलेको नेतृत्वलाई विस्थापन गर्दै नयाँ नेतृत्व दिने तयारीका साथ महाधिबेशनको तयारी गरिएको छ । तेस्रो महाधिबेशनबाट नयाँ नेतृत्व लिन नेपाली कांग्रेसकी नेतृ मीना पाण्डेले उम्मेदवारी घोषणा गरेकी छन् ।
काठमाडौमा आज भएको कार्यक्रममा अध्यक्षकी उम्मेदवार पाण्डेले बताएका कुराको सम्पादित अंश ।

लोकतन्त्रकालागि सहादत प्राप्त गर्न पनि तयार रहने र द्वन्द्वकालमा पनि पार्टीलाई बचाएर राख्ने दूर दराजाका दिदी वहिनीलाई नमन गर्न चाहन्छु । नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिबेशन बुधबार देखि काठमाडौमा सुरुहुँदै छ ।

त्यसमा मेरो अध्यक्ष पदमा उम्मेदवारी छ । म नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता र उमेर अनुसारको लगानी गर्ने व्यक्ति हुँ । लोकतन्त्रकालागि मैले आफ्नो पुरा उमेर खर्च गरेको छु ।  म अध्यक्ष हुँदा मेरा व्यक्तिगत कुनै स्वार्थ छैनन् । तर मैले गर्नुपर्ने एउटा काम भने अवस्य छ । त्यो हो, ‘यो देशका महीला दिदी, वहिनीलाई छोरा या दाजू–भाई सरह अधिकार दिलाएर समानता कायम गर्ने’ ।

नेपालको दश बर्षे द्वन्द्वको कालरात्रीमा जराको पनि जरा बचाउने काम महिलाहरुले गरेका हुन् ।

विपी कोइरालाले भनेको जस्तै पार्टीको जरा गाउँ गाउँमा हुन्छ । नेपालको दश बर्षे द्वन्द्वको कालरात्रीमा जराको पनि जरा बचाउने काम महिलाहरुले गरेका हुन् । उक्त कुराको सम्मान गराउन मेरो नेतृत्व आयो भने मैले दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

पार्टी भित्र मेरो आन्तरिक वैचारिक लडाई जारी छ । महीलाहरुलाई पनि पुरुष सरह समान दृष्टिकोणले सहभागि हुने अवसर दिनुपर्छ, भन्ने लडाई राष्ट्रको अगाडी पनि छ र आफ्नै पार्टी नेपाली कांग्रेस भित्र पनि छ । यसमा तपाईहरु महिलासंघका मतदाताको पनि साथ सहयोग पाउँछु भन्ने मेरो विश्वास छ ।

पहिलो महाधिबेशन मेरै कार्यकालमा भएको थियो । वि.सं. २००४ सालमा जन्मिएको महीला संघले राणा शासन ढाल्न र पञ्चायत विरुद्धको आन्दोलनमा उल्लेख्य भूमिका खेल्यो । २०४६ साल पछि महिला संघलाई मंगलादेबीले आफ्नो समय खर्चनु भएको थियो । मलाई अझै पनि याद छ, वीर अस्पतालको शैयामा रहेका बेला पनि मंगलादेबिले भन्नु भएको थियो, मीना यो महिलासंघको अधिबेशन जसरी पनि गराउनु छ भनेर ।

वि.सं. २००४ सालमा जन्मिएको महीला संघले राणा शासन ढाल्न र पञ्चायत विरुद्धको आन्दोलनमा उल्लेख्य भूमिका खेल्यो ।

मैले मंगलादेबी सिंहसँग थानकोटको एउटा पिक्कनीकमा गएको बेला सदस्यता लिएको हुँ । पञ्चायत विरुद्धको आन्दोलन सवैको एउटै मिसन थियो नेपालमा प्रजातन्त्र स्थापना गर्ने । त्यससँगै आधा आकाश ढाक्ने महिलाहरुको समस्या समाधानकालागि आन्दोलन गर्ने साझा चौतारीका रुपमा महिला संघ स्थापना भएको थियो ।

नेपाल महिला संघको दोस्रो अधिबेशन हुने बेलाको समय प्रतिगमन ढाल्ने विषयमा केन्द्रित रह्यो । त्यसपछि व्यवस्थीत महाधिबेशन भएको थियो । प्रतिस्पर्धा आफ्नो ठाउँमा छ ।

तेस्रो महाधिबेशनको संघामार रहँदा अबका दिनमा महिलाहरु संवैधानिक र राजनीतिक अधिकारकालागि सवै एकजुट भएर लाग्नुपर्छ भन्ने विषय मेरो सरोकार हो । मेलो उठाएको कुरा नेपाल महिला संघको २००४ साल देखिको पनि सपना हो ।

छोरीलाई समानताको हक सम्पत्तिमा दिनुपर्छ भनेर मंगलादेबीले २०४२ सालको सत्याग्रहका बेला चाक्सीबारीमा बोलेको कुरा अहिले पनि मलाई याद छ । मैले सुन्दै छु, संपत्ति सम्बन्धी कानुनको तर्जुमा संसदमा हुँदै छ रे, त्यसमा ऐच्छिक की के गर्ने भन्ने छरे, ऐच्छिक गर्न पाइदैन । हामीले प्राप्त गरेको सामानताको अधिकारलाई कायम राखेर जानुपर्छ ।

नेपाली कांग्रेसले बनाएका योजना हुन या महिला संघले बनाएका योजनाहरु हुन् ती सवै कार्यान्वयनकालागि मेरो नेतृत्व सक्षम हुनेछ

दूर दराजमा बस्ने महिलाहरुको मुहारमा हाँसो ल्याउन यो महिला संघ सक्षम हुन्छ । नेपाली कांग्रेसले बनाएका योजना हुन या महिला संघले बनाएका योजनाहरु हुन् ती सवै कार्यान्वयनकालागि मेरो नेतृत्व सक्षम हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु् । संविधान प्रदत्त अधिकार कार्यान्वयनकालागि पनि मैले पहल गर्ने छु । त्यसैले तपाईहरुले मलाई मत दिनुहुने छ भन्ने मैले विश्वास गरेको छु ।

Top