संविधान पुर्नलेखन हुँदैनः प्रवक्ता राई

काठमाडौ ४ जेठ- सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मधेसी मोर्चाको आन्दोलनको कुनै तुक नभएको बताउनु भएको छ ।
उहाँले तराई मधेसमा आन्दोलन गरेर कुनै उपलव्ध नभएपछि अहिले काठमाडौको सिंहदरबार र वालुवाटार घेराउ गर्न आउनुमा कुनैपनि तुक नभएको उल्लेख गर्नुभयो ।
नेपालवाणी नेटवर्कसँग कुरा गर्दै मन्त्री राइले अहिले संघिय गणतन्त्र संस्थागत भइसकेका बेला मधेसी मोर्चाले संविधान पुर्नलेखनको कुरा उठाउनु गलत भएको टिप्पणी गर्नुभयो ।
मधेसी मोर्चाले उठाउँदै आएका सम्पूर्ण मागहरुलाई संवोधन गर्दै आएको बताउँदै संविधान पुर्नलेखन कुनैपनि हालतमा हुन नसक्ने जिकिर गर्नुभयो । आजको बाणी बहसका  मीन विश्वकर्मा, शेरधन राई र शरदसिंह भण्डारीसँगको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस 

Top