मेरोे सम्झनामा भूकम्प !

-मुक्तिबाबु रेग्मी-

वि.सं. १९९० को भूकम्प बुवालेपनि थाहाँ पाउनु भएन, २०४५ सालको भूकम्प आउँदा आमाको काखमै थिए । तर २०७२ को भूकम्पको भने राम्रोसँग संझना आउँछ । २०७२ वैशाख १२ गते शनिबारका दिन म विहान मैतिदेवीमा रहेको कोठामा एक्लै थिए ।

श्रीमति र छोरी गठ्ठाघर अघिल्लो दिननै गएका थिए । म एकदमै अल्छी मान्छे, घरमा एक्लै भएपछि कहिल्यैपनि खाना पकाउन मन नलाग्ने । त्यसैले गर्दा विहान शनिबार भएकाले नुहाएर अनामनगर आए । अनामनगरमा साथी गणेश मरासिनीलाई कुराएर राखेको थिए ।

उसँग भेट भएपछि ‘दाहालको दैलो’मा बसेर कालो चिया खान लागियो । त्यसपछि खाना खान पूर्वि गेट नेर जाने कुरा थियो । त्यतिकैमा एकाएक हल्लीएको अनुभव भयो । म र गणेश दाहालको दैलोको गेटका दुईवटा पिलर समाएर बस्यौँ । अनामनगर अहिले विग मार्ट भएको घर बन्दै थियो । त्यो घर हल्लिएको देखेर हामी तर्सियौँ भने दाहालको दैलोको पुरानो घर भएकाले भर्याङवाट निकै धुलो आयो । त्यसपछि हामी वाटोमा आयौँ ।

वाटोमा मान्छेको चिच्याकोलो देखेर लौ ठूलो घटना भयो भन्ने लाग्यो । त्यतिबेला ५ मिनेट भन्दा बढी भैसकको थियो । गाडीहरु जम्मै वाटामा थिए भने कति वाईकहरु पल्टिए त्यसको हिसाबनै भएन । बल्ल गठ्ठाघरमा भएका श्रीमती र छोरीको याद आयो । फोन लाग्दैन । के गर्ने होला तनाब भयो ।

धेरै बेरको प्रयास पछि दाई कृष्ण पौडेलको म्यासेज आयो । फेरि पनि फोन गर्ने प्रयास गरे लागेन । बल्ल तल्ल म्यासेज रिप्लाई गरे, म अनामनगरमा छु, तपाईहरुको खबर के छ ।

त्यसको केहीबेर पछि आयो हामी सबै सेफ छौँ तपाईले ख्याल गर्नुहोला । बल्ल मेरो मनले शान्ति पायो ।
तर त्यसविचमा गठ्ठाघरमा रुवावासीनै भएछ । कारण नेपालवाणी नेटवर्कको कार्यालय लगनटोलमा थियो । जुन वाटो सुन्धाराबाट जानुपर्ने । दिउँसोमा मेरो डिउटी भएकाले म अफिस जाने समय त्यहि थियो ।

सवैले थाहाँ पाइसके धरहरा ढल्यो भन्ने । मेरो फोनपनि नलाग्ने, धरहरा ढलेको खबरले सवैलाई आकुल व्याकुल बनायो । तर झण्डै भूकम्प गएको आधी घन्टा पछि मोवाईलमा म्यासेज आदान प्रदान भएपछि सवैजना चुप्प लागे ।

अब रेडियोको खबर के छ त ? किनभने नेपालवाणी नेटवर्कको कार्यालय पाँचौ तल्लामा थियो । त्यहाँका विहानका साथीहरुको डिउटी सकिँदै थियो भने दिउँसोका साथीहरु आउने क्रम थियो । यसैमा १२ बजेको समाचार पढ्ने जिम्मा थियो, त्यस दिन सन्तोष गन्धर्व र मोती अम्गाईको । ती दुई जनाले १२ बजेको समाचार पढ्ने तयारी गर्दै गर्दा भूकम्प गएको थियो ।

जसले गर्दा दराज ढलेर बस्न सक्ने अवस्था भएन भने उनीहरुपनि लड्दै पड्दै तल ओर्लिएका थिए । फोन लागेन । अफिसको जिम्मेवार व्यक्ति भएकाले पनि मलाई अफिस जानै पर्ने थियो ।

अनामनगरबाट सुरुमा म बस्ने घरको अवस्था के छ त्यसपछि जाउँला भन्दै कोठामा पुगे । कोठामा पुग्दा घरबेटी दाई भाउजुहरु बाहिर बाटोमा निस्कीसक्नुभएछ । बल्ल तल्ल घर पुगेको साइडको पर्खाल भत्किएर बच्चाहरुलाई सामान्य चोट पनि लागेको रहिछ ।

त्यो जम्मै देखर कोठाको अनुगमन गरि फर्किए । साथीगणेलाई लिएर गएको थिए । पछि हामी लौ अब सुन्धारा तिर जाउँ त्यसपछि अफिस जानुपर्छ भनियो ।

सुन्धारा आउँदा भद्रकालिनेर प्रहरी र नेपाली सेनाले बाटो रोकिसकेका थिए । त्यसपछि एकतर्फी वाटो हुँदै भद्रकालीबाट पुरानोबसपार्क तर्फ पठाइयो र सैनिकमञ्च भित्र लगेर बाइक राखियो । त्यहाँ बाइक राखेर सुन्धाराको वाटो हुँदै नेपालवाणी जाँन खोज्दा फेरि अबरोध भयो मैले मेरो परिचयपत्र देखाएर कार्यालय लगनमा छ भने पनि एकजना सैनिकले जान अनुमति दिनुभयो । त्यसपछि अफिस पुगे ।

गाउँको घर सवै ढल्यो, बुवा आमा वारीमा त्यसै बस्नुभएको छ भनेर उहाँले भन्दा कता कता नरमाइलो लाग्यो ।

त्यहाँ पुग्दा घरमा क्षति भएको रहेछ, वरिपरीका घर क्षतिग्रस्त भएर ४ जनाको मृत्यु भएको खबर सुने । अफिसका साथीहरु सवै घरतिर लागिसक्नुभएछ । त्यसपछि हनुमान ढोका दरबार पनि पुगे । त्यसक्षेत्रमा उद्धार कार्य चलिरहेको थियो । त्यहाँको उद्दार कार्य हेरेर म फेरि सैनिक मञ्चमा फर्किए । त्यसपछि झल्यांस संझीए गाउँको एक जना दाई धरहरामै काम गर्नुहुन्थ्यो ।

घरबाट पनि फोन आयो दाईको खबर के छ । काठमाडौमै बस्ने श्रवनदाईले पनि उहाको विषयमा मलाई सोध्नुभयो । त्यसपछि उहाँको विषयमा खोजी गर्न लाग्यौँ । एक पटक उहाँको नम्बरमा फोन गरे उताबाट हेलो भनेको आवाजमात्रै आयो त्यसपछि फोन कट्यो र फोन स्वीच अफ भएछ । उहाँकै बोली हो भन्ने त मलाई थाहाँ थियो र आधिकारीक कुरा नहुँदै घरमा के भन्ने भन्ने कुनै शव्द भएन । त्यसछि बीर हस्पीटलका विरामीहरुमा कतै ती दाई हुनुहुन्छ की भनेर हेर्न पुगे । कतै भेटिएन । तर ती दाईले साँझ पख घरमा सम्पर्क गर्नुभएछ र ढुक्क भैयो ।

यति कुराहरु हुँदा राती भैसकको थियो । फेरि सैनिकमञ्च टुंडिखेलमा गएर बसियो । त्यहाँ एक जना सैनिकसँग कुराकानी भयो । उहाँको घर दोलखा रहेछ । गाउँको घर सवै ढल्यो, बुवा आमा वारीमा त्यसै बस्नुभएको छ भनेर उहाँले भन्दा कता कता नरमाइलो लाग्यो । तर देशको नुन खाएपछि त्यपनि सुरक्षा निकायमा भएपछि कर्तव्य पालना गर्नै पर्ने उहाँको भनाई थियो ।

यसैगरी राती दश बजे बाइक लिएर कोठातिर जाने विचार गरे । भक्तपुरबाट पनि नआउनु बरु राम्रोसँग ख्याल गरेर बस्नुभन्ने खबर आयो । भक्तपुरको वाटो पनि एकदमै विग्रिएको थियो । गाडी चल्नलाई साह्रै मुस्कील थियो । राती कोठानेर पुगेको त्यस वरीपरिका मान्छेहरु जम्मै धोवी खोलाको किनारमा बसेका रहिछन् । म पनि राती त्यही धोवीखोलाको किनारमा बस्ने विचार गरे र श्रवनदाई, भाउजु छोर र म त्यही बस्यौँ ।

भोलीपल्ट विहानको धक्काले फेरि हामीलाई निकै त्रसित बनाएको थियो । अघिल्लो दिनवाट खाना नखाएको खुबै भोक लागेको थियो । तर के गर्ने कही कतै केही पाइने कुरा थिएन, र पानीको भरमा बसियो । भोलीपल्ट बल्ल तल्ल गठ्ठाघर पुगे र सवैलाई भेटे । सवै वारीमा बस्नुभएको रहेछ चाउचाउ विस्कुट खाएर । म पनि त्यही खाएर बसे ।
त्यसपछि वैशाख १६ गते दिदी र श्रीमतिलाई लिएर गृह जिल्ला दाङ फर्किए ।

४ दिन जति घर दाङ विजौरी दोघर्रे बसेर म फर्किए । त्यतिन्जेल पनि हामीले रेडियो प्रशारण गर्न सकेका थियनौ । कारण थियो, त्यो घरमा पुगेर कसरी काम गर्ने भनेर । तर पछि निर्णय गरियो, अहिले भएको त्रिपुरेश्वरमा अस्थायी स्टुडियो निर्माण गर्ने भनेर । त्यसपछि हामीले स्टुडियो निर्माण गरेर त्रिपुरेश्वरबाट रेडियो प्रशारण गर्न थालेका हौ ।

जहाँ अहिले स्थायी स्टुडियो बनाएका छौँ र रेडियोको प्रशारण जारी छ । यसरी एक बर्ष अघिको घटना सम्झदा कता कता डर पनि लाग्छ भने ती सबै घटनाको साँची बसेर पत्रकारिता गर्दा गौरबको अनुभूति पनि हुन्छ ।

Top