भूकम्प अनुभब : सहकर्मी सम्झाउने शब्द थिएन

युव मगर

त्याे बिनासकारी गोरखा भूकम्प
बि.सं. २०७२ बैशाख १२ गतेको त्यो दिन जव मध्याह्नकाे १२ बज्नै लाएकाे थियाे ११ बजेर ५६ मिनट जाँदाकाे त्याे क्षण र त्यसपछिकाे ५० सेकेण्ड समयले धेरै नेपालीको जीवन क्षणभर मै बदलिदियो । सम्झिदा भर्खर जस्तै लाग्छ त्यो नमिठो पल । सम्झिन मन नलाग्ने त्याे दिन घरीघरी याद अाइरहन्छ ।
गोरखाको बारपाक केन्द्र बनाएर गएको ७.६ रेक्टर स्केलको बिनासकारी भूकम्पले थुप्रै जनधनको क्षति भयो । उक्त बिनाशकारी भूकम्पमा परि ८ हजार ७ सय ९१ जनाको मृत्यु भयो । जसमा महिला ३ हजार ९ सय ४० र पुरुष ४ हजार ८ सय ४९ परे । २२ हजार ३ सय ९ जना घाइते र करिब २०० भन्दा बढी अझै वेपत्ता रेहको अनुमान छ ।
ग्रामिण क्षेत्रमा घर पालुवा साना ठूला गरी करिव ६० हजार चौपायहरु मरे । २ लाख ८० हजार ७३० घरमा आशिक क्षति, ५ लाख १३ हजार घरमा पुर्णक्षति पुग्यो । कुल जनसख्याको करिव एक तिहाइ अर्थात ८० लाख जनसख्या भूकम्पबाट प्रभावित भए ।
हुन त भूकम्प पहिले पहिले पनि गएका थिए । तर हाम्रो पुस्ताले भोगेको भूकम्प २०७२ बैशाख १२ गतेको बिनासकारी गोरखा भूकम्पले आज पनि रूवाइरहेको छ । एक वर्ष भइसक्दा पनि पुननिर्माणको काम शुरु हुन सकेको छैन । अझै पिडितहरुले राहात पाउन सकेका छैनन् ।
बैशाख १२ गतेको त्यो भूकम्प
भूकम्प जाँदा म आरआर क्याम्पसमा थिएँ । नेपाल मगर युवा संघ केन्द्रिय समितिले आयोजना गरेको एक प्रशिक्षण कार्यक्रममा सहभागी थिए । कार्यक्रम शुरु हुने तयारी हुदै थियो केनिद्रय समितिमा साथिहरु तिब्र तयारीमा लागिरहनुभएको थियो । म लगाएतका केही साथीहरु बाहिर बसेर कार्यक्रम कै बारे कुरा गर्दै थियौँ ।
यत्तिकैमा बसिराखेको बेन्च हल्लियो । साथीले हल्लाए की भने लाग्यो एकाएक सारा जमिन हल्लियो एक किसिमको आवाज आयो क्याम्पसका झ्याल ढोका जोड जोडले हल्लियो रुख ढल्ला झैँ गरि हल्लिए । हामीलाई अडिन समेत मुस्किल भयो । बल्ल तल्ल पोल समातेर अडियौँ । कार्यक्रममा आएका बहिनीहरु रुन काराउन थाले । एकछिनमा कम्पन रोकियो ।
भूकम्प आउदै गर्दा मलाई सहकर्मी संगिताको याद आयो त्यो बेला अरु केही सम्झिन हुन त त्यही भएका अरुले चिच्याएरै भगवान पुकारे रामराम भने । मलाई उ कहाँ छे भन्ने लाग्यो बिरामी थिइ तत्काल फोन गरे उठाइन त्यसपछि फोन लागेन । बाहिर निस्के सबैले हल्ला गरे धरहरा ढल्यो । पाल्पाका एक जना साथी र म तत्काल धरहरातिर लाग्यो हतरहतार कुद्दै जाँदा करिब ५ ७ मिनेटमा नै हामी धरहरा पुग्यौँ त्यो बेला कसरी पुगियो होसै भएन । पुग्दा उद्धार चलिरहेको थियो । साथी बाहिरै रोकिनु भो म भने तत्काल उद्धारमा लागि हाले । शनिबारको दिन धरहरमा धेरै थिए भन्दै थिए मान्छेहरु भूकम्पको लामो समय हुँदा पनि छेउमै रहेको ब्यारेकबाट सेना प्रहरी कोही नआउँदा निकै आक्रोसित थिए उद्धारमा खटिएका स्थानीय । पुरिएका ३ जना सम्म निकालियो । भत्किएको टाउँदै गयोे माथि बाट उस्तै गरी भत्किन्थ्यो र मान्छे दखिएको पािन फेरी पुरिन्थ्यो नआत्ति भाइ नआत्ति बचाउँछौ भन्दै साथीहरु कराउँथे खनदै गयो हठाउँदै गयो फेरी भूकम्प आउथ्यो र पुर्दै जान्थ्यो । काल नआएपछि त धरहराले च्यउापेर पनि नमरिदो रहेछ । जिबितै निकालियो । त्यसबीचमा उद्धारका लागि नेपाली सेना आयो । आक्रोसित भिडले सेनालाई नै गाली गर्दै पानीका बोत्तल र माटोको छर्राले प्रहार गरे साम्य पार्दै सेना र पुलिस उद्धारमा खटियो ।
त्यसपछि म हतार हतार रेडियो आए करिब एक बजेको थियो सायद । त्यसपछि रेडियोमा लाइभ बाल्न थालियो भूकम्पका बारेमा जानकारी दिन थाले । तयारी थिएन धेरै जानकारी पनि थिएन अनलाइनमा थियो ७.८ रेक्छरको भूकम्प गयो भन्ने । त्यसैलाई आधार मानेर बोल्न थाले …..

आदरणीय श्रोता बृन्द नमस्कार नवज्योति एफ एम को यो बिशेष प्रशारणमा यहालाई स्वागत छ । म युब मगर साथमा हुनुहुन्छ सहकर्मी सीमा खड्का ।
नेपालमा ७.८ रेक्टरको भूकम्प गएको छ । थुप्रै जनधनको क्षति भएको छ । भूकम्पले धरहरा ढलेको छ अहिले अद्धारक कार्य चलिरहेको छ । सर्बाेच्च अदालतमा पनि क्षति पुगेको छ । टुडिखेलको गेट भत्किएको छ । सो गेट भत्किदा ५ जना त्यसैले पुरेर घाइते भएका छन् । रङ्गशालाको पश्चिम गेट पनि भत्त्किएको छ । शान्ति नगर गेट भत्किदा माइक्रो बस च्यापिएर थुप्रै घाईते भएका छन् । यस्तै …………

त्यसपछि निरन्तर सूचना सम्प्रेषणमा दिन रात लागि परियो । सिमित स्रोत साधन र पहुँचका बीचमा मैले निरन्तर आम स्रोताको लागि सही र सत्य तथ्य जानकारी दिने प्रयास गरे । आज सम्झिदा लाग्छ मैले कति मूर्ख काम गरेको हुँला त्यो बेला भन्ने । भूकम्पले धक्का दिइरहेका बेला पनि माइक ढोका छेउमा ल्याएर आलरणीय प्रोता बृन्द अहिले म बोल्दै गर्दा पनि भस्कम्प आइरहेको छ । कृपया नआत्तिनु होला । पराकम्प हो भागदौड हुँदा झन धेरै क्षति र दुर्घटना नै हुन सक्छ । सारा मानिसहरु खुला चौरमा निस्किएका बेला ६ तले भवनमा बसेर निरुन्तर बोलिरहे । भुकम्प गएको छ । पराकम्पहरु गइरहेका छन्……

भूकम्प सम्बन्धि बिभिन्न अपबाहरु पनि फैलाइए भने आम श्रोता हरुले राहत पाइएन लौन भनिदिनु प¥यो भन्दै फोन आउथे ।
महामारी फैलिन सक्ने जोखिम पनि थियो भने त्यस्तै त्रास पनि थियो । यसका लागि हामीले आम जनताहरुलाई सरसफाइमा ध्यान दिन र सबैमा सहकार्य गर्न निरन्तर अपिल ग¥यौँ तयो समयमा । सम्बन्धित र जिम्मेबार पक्षसँग कुराकानी पनि ग¥यौ । जवाफदेही बनाउनेृ प्रयास पनि गरे ।
हुन त कुरा सामान्य थिए र पनि हामीले सम्झाउँदा त्यो प्रभाबकारी हुने हामीले ठान्यौ । भकम्पपछि हामीले निरन्तर रुपमा अपडेट दिने प्रयास ग¥यौ ।
त्यो बेलामा पनि पनि कुनै बिचलित नभइकनै मैले सूचना जानकारी दिने प्रयास गरे । आज लाग्छ पत्रकारिता गरेर त्यो आपतको घडीमा मैले त्यो जोखिम उठाएर राम्रो गरे । हुन त राजवधनीबाट प्रशारण हुने अधिकांश मै हु भन्ने रेडियो बन्द रहेको समयमा मैले नवज्योती एफ एम निरन्तर चलाउने प्रयास गरे । रेडियो नेपालले २४ घण्टा प्रशारण गरेको थियो भने हामी पनि रेडियो नेपालको पछिपछि थियौँ मैले आज दावाका साथ भन्न सक्छु ।
मैले त्यती बेला उठाएको जोखिम र गरेको साहसले मलाई सन्तुष्ती मात्र होइन रेडियोको लागि नै उपलब्त्री मूलक भयो ।

सहकर्मी सम्झाउने शब्द थिएन

न्यूज डेस्कमा काम गर्ने सहकर्मी संगिता भट्ट (गोरखा-हाल न्यूज २४ टी भि) र सीमा खड्का (सिन्धुपाल्चोक -नव ज्योती एफ एम) उहाँहरू दुबै जना पूर्ण प्रभाबित हुनुहुन्थ्यो । गहभरी आशुँ पारेर सर यस्तो भयो भन्दा मसँग बोल्ले कुनै शब्द थिएन सम्झाउने शब्द थिएन स्तब्ध हुनु सिबाय केही थिएन । हुन त सारा स्रोतालाई रेडियोबाट नआत्तिन र धैर्य गर्न भन्दै सम्झाइरहेको म आफ्नै साथीलाई सम्झाउन सक्ने अबस्था थिएन । सम्झाउन भन्दा पनि आफैलाई पर्दा खेरी सम्हाल्न निकै गाह्रो पर्दाे रहेछ । बिरामी परेकी सहकर्मी संगिता सम्पर्क मै नआएपछि हामीलाई अर्को चिन्ता र आशंका समेत बढाएको थियो । आफन्त गुमाउनुभएकी सीमाको पनि अबस्था उस्तै थियो । घर त दुबै जनाको पूर्ण क्षति भएको थियो । त्यस्तै रेडियो मै कार्यरत अर्का सहकर्मी दिपेस कार्की (दाेलखा) र बिकास थापा (गाेरखा) जीको पनि घर पूर्ण क्षति भएको थियो । हामी भने पश्चिमको भएको हुनाले त्यति प्रभाबित थिएनौ ।
जोखिम चुनौती र जिम्मेदारी

सारा जनता त्रासमा खाली चौरमा निस्किएको थियो । अधिकांश रेडियो बन्द थिए । टीभि हेर्ने त कुरै थिएन । निरन्तर पराकम्पनहरु गइरहेका थिए लगातार आइरहेका झड्काहरुले सर्बसाधरण निकै त्रसित थिए । भने कहाँ के भयो होला भन्ने सूचना खोजिरहेका थिए । बिकल्प भने कै रेडियो थियो तर त्यही पनि बन्द भइदिदा आम सर्बसाधरण सूचनाबाट बञ्चित हुने तिए । रेडियो नेपाल नै एक मात्र माध्यम जस्तै बनेको थियो । त्यसैबीचमा हामी थियौँ नवज्योती एफ एम ८८.२ मेगाहर्ज । यस्तो अबस्थामा हामीलाई चुनौती थियो र अबसर पनि । मैले यसलाई एउटा अबसरको रुपमा लिए चुनौती थियो जोखिम अत्तीकै थियो । त्यसै पनि हाम्रो रेडियोले टीआरपी नपाइरहेको समयमा यो एउटा अत्यन्तै राम्रो अबसर पनि थियो । किन की धेरै जसो रेडियोबन्द थिए भने प्रशारण भएकाहरु पनि निरन्तर हुन सकिरहेका थिएनन् । त्यसैले यसैलाई सदुपयोग गर्नुपर्छ भन्ने मलाई लाग्यो अनि मेरो पेसागत धर्म पनि त्यही थियो सूचना सम्प्रेसण गर्नु । ज्यान जोखिममा थियो चुनौति पति थिए धेरै तर पनि निरन्तर मैले प्रयास गरे कति पटक रेडियोमा बोल्दा बोल्दै भूकम्पका झड्काहरु गए । तर पनि बिचलित नभएर मैले समाचार सम्प्रेषण गर्ने प्रयास गरे । प्राबिधिक सहकर्मी डम्बर चौधरी र म एक्लै हप्तौ सम्म रेिडयाे चलाइयो ।

भूकमप पछिको ७२ घण्टा
१२ गते बिहानको भूमकम्पपछि को ७२ घण्टा फेरी त्यसै ठूलो भकम्प जान सक्छ भन्ने धेरैलाई त्रास थियो । र भन्नेहर पनि त्यसै भनिरहेका थिए । लगाताररूपमा झड्काहरु गइरहेकाले हो की भन्ने पनि लागेको थियो धेरैलाई । यसबीचमा प्राबिधिक सहकर्मी डम्बर चौधरी सहकर्मी सीमा खड्का र स्टेसन म्यानेजर पानु बिक्रम मल्लको प्रयासमा हामीले निरन्तर सूचना जानकारी दिने प्रयास गरियो । जसमा हामी सफल पनि भयौँ भन्ने मलाई लाग्छ ।
हामीले युवा र बलिया साथीहरुलाई उद्धारमा खटिन र सहयोग यर्न आग्रह ग¥यौँ, आम सर्बसाधरणलाई नआत्तिनको लागि आग्रह ग¥यौ जसमा हामी सफल पनि भयौँ । हाम्रो निरन्तर प्रयास क्रमिक रुपम घटनाक्रम अनुसार चलिरह्यौँ । कहिले सतर्क रहन कहिले उद्धारका लागि त कहिले राहतका लागि अनि कहिले जोखिम न्यूनीकरणका बारेमा बिभिन्न क्षेत्रका बिज्ञहरुको सल्लाह सम्प्रेसण गर्ने प्रयास गरियो ।

चाउचाउ खाएको भरमा रेडियोमा बोलियो
दुखका साथ भन्नुपर्छ तर आज त्यति गर्न सकेकोमा गर्व लाग्छ । चाउचाउ खाएको भरमा रेडियोमा बोलियो पकाएर खाने अबस्था थिएन सबैको चउरमा बास भएको थियो भने भूकम्पका धक्काहरुले गर्दा पनि त्रसित बनाइरहेको थियो कति दिन खाना खाइएन त्यो बेला तर पनि रेडियोमा बोल्न छा्ेडिएन । रेडियो नेपाल पछिपछि हामी पनि थियौ । त्यो बेला गल्ती ग¥यौैँ या सही बैध थियो यब अबैध रेडियो नेपाल मार्फत सरकारका मन्त्रीहरुले गरेको सबै सम्बोधनहरु हामीले पनि जोडेका थियौ । सिमीत स्रोत र साधनका बाबजुत पनि निरन्तर सूचना दिने हाम्रो प्रयास चलिरह्यो ।
बिद्युत आपूर्ती रोकिएपछि हाम्रो इन्टरनेट र टेलिफोन समेत बन्द भयो
हाम्रो माध्यम भनेको इन्टरनेट र टेलिफोन थियो तर त्यो पनि भूकम्पको क्षतिले बिजुली नआएपछि बन्द भयो ।

अर्काे चुनौती आयो हामीलाई तर पनि जहाँ समस्या त्यहाँ उपाए भने जस्तै हामीले सामान्य मोबाइल जोडेर स्रोतालाई सम्पर्कमा ल्याएर पछिल्लो अबस्थाका बारेमा जानकारी लिने दिने प्रयास ग¥यौँ । यसो गर्दा पनि स्रोताको उल्लेख्य सहभागिता रह्यो । स्रोताहरुको सहभागिता र प्रतिक्रियाले भोकै भए पनि उत्साह र जाँगर थपेको थियो । हामीले हाम्रा प्रयासहरुलाई जिनरन्तर जारी राख्यौँ मोवाइलबाटै फोन गरेर स्रोताका गुनासा प्रशासनसम्म पनि पु¥याउने प्रयास ग¥यौँ ।

समाचार पढ्दा मात्रै पटक पटक पराकम्प गए बैशाख १२ गतेको भूकम्पपछि पनि आज एक वर्ष पुग्दा पनि अझै पराकम्प आउने क्रम चलिरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सम्म बैशाख १२ यता ४ सय ५० पटक गएका छन् । यसबीचमा मैले समाचार पढ्दा पड्दै धेरै पटक पराकम्प गए । स्टूडियो मै हुँदा कति गए कति र पनि बिचलित नभइ समाचार पढियो सूचना जानकारी सम्प्रेशण गर्ने प्रयास गरीयो । अहिले त म नेपालवाणी नेटवर्कमा कार्यरत छु । समाचार शाखामा काम गरिरहेकोछु ।

अहिले समाचार पढ्दा पनि नजाती लाग्छ । सरकार बारम्बार भूकम्प पिडितको त्यो दयनीय अबस्थाका बारेमा बोल्दा मुटु भक्कानिएर आउँछ । कहिले लगातारको झरीले टहरामा बसेका भूकम्प पिडितको बिचल्ली भएको खबर आउँछ । कहिले हुरीले सबै पाल उडाएर लग्यो रे भन्ने आउँछ । कहिले जाडोमा ओड्ने ओछ्याउने समेत केही पाएनन् भन्ने समाचार आउँछ त्यसैमाथि तुसारो र हिउ परेर झन बिजोग परेको अनि हप्तौँ सम्म पनि हिउ जमेर साह्रै सास्ती पाएका खबर पनि आयो । कतै खानै पाएनन् सरकार यता भूकम्प पिडितका नाममा दातृ निकायहरुले उपलब्ध गराएको चामल गोदाम मै कुहिएको समाचार पनि पढे । भूकम्प पिडितका नाममा आएका कम्बल र लत्ताकपडा गोेदाममा थन्किदा उता टहरामा बसेका भूकम्प पिडित जाडोले कठ्याङ्ग्रिएर ज्यान गुमाए । कतिले त झाडाबान्ता कैकारण मर्नु प¥यो यता गोदामको औसधी त्यसै म्याद सकिएर गयो । कति त अझै गोदाम मा नै थन्किएका छन् । हो की होइन सरकार ? भूकम्प पिडितका नाममा आएको त्रिपाल र कम्बल कतिले बेचेर खाए ।
वर्ष दिन हुँदा पनि भूकम्प पिडितहरुले अझै राहात पाएनन् । पुनिर्माणको काम अगाडी बढ्न सकेको छैन । अझै पनि पुननिर्माण प्राधिकरणले पूर्णता पाउन सकेको छैन । राजनीतिक भागबण्डा नमिल्दा भूकम्प पिडित जनताले सास्ती बेहोर्न बाध्य भएका छन् । यो वर्ष लिन भित्रमा मूलुकले धेरै बिषम परिस्थितिहरु झेल्न बाध्य भयो । भूकम्पले क्षतबिक्षत बनाएकै थियो त्यसैमाथि चलेको मधेश आन्दोलन र त्यसकै बहानामा भारतले लगाएको नाका बन्दी लगाएतका समस्याले दिनु सम्म सास्ती दियो ।
संबिधान र सत्ताका लागि भूकम्पपछि एक भएका राजनीतिक दलहरु भूकम्पपिडितका लागि एक हुन सकेनन् । लामो बिबाद पछि गठन भएको पूननिर्माण प्राधिकरणले पनि र्पूणता पाएको छैन । केही भएकाहरु पनि राजनीतिक भर्ती बाहेक अरु केही हुन सकेको छैन ।
सरकार उखान टुक्काले मात्र पुग्दैन । काम हुनुपर्छ काम योजना बनाएर मात्र हुदैन पूरा हुनुपर्छ । भारत जानु भो चिन जानु भयो सबैतिर घुमेर पुननिर्माण भएका स्थान, संरचना र सम्पदाहरु पनि हेरेर आउनु हो त्यस्तै गरी हाम्रो पनि पुननिर्माण हुनपु¥यो । थुप्रै मन्त्री र सांसदहरु पनि देश बिदेश घुमेर आउनुभयो अब त केही होला की भन्ने आशा छ । बित्थ्यामा बिदेश सयरमात्र हो भने सरकार तपाईलाई भूकम्प पिडित ८० लाख नेपालीको मात्र होइन झण्डै ३ करोड राष्ट्रप्रेमी नेपालीको सराप लाग्नेछ ।
आशा छ सरकार यो वर्षामा चुहिने त्रिपालमुनीको टहरोमा बस्नु पर्ने छैन । फेरी पनि यो हिँउदमा जाडोले कठ्याङ्गिनु पर्ने पनि छैन । भूकम्पले भताभूङ्ग भएको बस्ती अब छिट्टै नयाँ ढङ्गले उठ्ने छ एउटा नयाँ आधुनिक र एकिकृत बस्ती । ढलेको धरहरा उस्तै गरी जुरुक्क उठ्ने छ र फेरी आम जनताहरुले पहिले जस्तै काठमाण्डौ नियाल्नेछन् । भूकम्पले भत्किएर सखाप भएका साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरु फेरी जस्ताको तस्तै पुननिर्माण हुनेछ । ८ हजार ७ सय ९० जनाको ज्यानै लगेको इतिहासको एउटा नमिठो सम्झना बनेको बैशाख १२ नयाँ नेपाल निर्माणको कोषेढुङ्गा साबित बन्न सकोस् ।
अन्तमा भूकम्पमा परी दिबंगत भएका सबैको आत्माले शान्ति पाओस् ….

Top