महिलाका सवालमा बोल्न किन ८ मार्च कुर्ने ?

-सन्तोष गन्धर्व –

आज सामाजिक सञ्चालहरु अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा रंगी विरङगी शुभकामनाका कार्डहरुले सजाइएको छ ।

बिहानै घरबाट फोन आयो उठाए निन्द्रामा थिए..चर्काे स्वरमा आजको दिनपछि शुभकामना छैन के हो ? झसङग भए श्रीमती निकै कडारुपमा बोल्दै थिइन के को शुभकामना हो ? आज आठ मार्च अन्तराष्ट्रिय महिला दिवस एएए शुभकामना..बिहानै ५ बजे अफिस पुगे संगै काम गर्ने महिला मित्रले आज महिला दिवस शुभकामना दिनु पर्दन अचम्म लाग्यो, आजको दिनमात्र महिलालाई शुभकामना दिदैमा, महिलाका सवालमा बोल्दैमा लेख्दैमा महिलाले अधिकार पाउँछन् ? महिलाको सम्मान हुन्छ ? महिलामाथि भएका हिंसा, समस्या समाधान हुन्छ ? महिलामाथि अन्याय हुदा तत्काल किन मनहरु उठ्न कन्जुस्याई हुन्छन् । 

यस्ले बोल्देला,उस्ले लेख्देला भन्दै बाटो कुरेर बस्ने दिन कहिले अन्त्य हुन्छ,भन्दै सोच्न थाले कुरा हो, फागुन १६ गते अन्नपुर्ण राष्ट्रिय दैनिकमा दुरदराजका महिलाहरुले छोरी गर्भमा रहेकै पहिचान हुदा भ्रुण हत्या गरेको खबर प्रकाशीत भयो । त्यसैदिन दिल्लामा ११ महिला खाडी मुलुक जाने भन्दै अलपत्र परेको खबर कान्तिपुरमा । 

त्यसै दिन महिलामाथि बलात्कारको प्रयासको खबर पनि राजधानी दैनिकमा प्रकाशित भएको थियो । यस्ता खबर हाम्रो नेपालमा प्रतिनिधिपात्र मात्रहुन । दिनहँु महिलामाथि हुने हिंसा तथा अन्यायका खबर प्रकाशित नभएर गर्भमै रहन्छन् । चेतनाको विकास भएको क्षेत्र होस् वा शिक्षामा पहँच भएका क्षेत्रमा महिलामाथि भएका हिंसा प्रहरी सम्ममा दर्ता हुन्छन् तर सामान्य छलफल तथा प्रहरीको वा पहुँचवालाको आडमा मिलमिलाप हुन्छ । 

यसरी घटना बाहिर आउन नपाउँनु आएका घटनापनि बिचबाटोमा नै मेलमिलाप हुनुले महिलामाथि हुने हिंसा न न्युनिकरण भएको छ, न अन्त्य नै , दोशीले कडा कारबाहि कहिले पाउने ?

सन् २०१४ मा महिलामाथि भएका हिंसाको घटना हेर्दा ३ सय ३८ जना महिलाले बलात्कार भोग्नुपरेको छ । १ सय ३९ जनालाई बलात्कारको प्रयास, ९३ जनामाथि यौन दुव्यवहार, ८९ जनालाई बोक्सीको आरोप, हाम्रो समाजमा बुवा बाट छोरी, हजुरबुबा बाट अबोध बालिका योन शोषणको शिकार हुनुपरेको छ ।

सञ्चारिका समूहले राष्ट्रिय दैनिकमा गरेको अनुसन्धान अनुसार हरेक महिनामा १० जना किशोरी तथा महिला बलात्कृत भएको घटना सार्वजनिक गरेको छ । अनुसन्धान अबधिमा ३३ वटा समाचार प्रकाशित भएका थिए । 

देशमा नारीमाथि सुरक्षाको दृष्टीकोणलाई हेर्नेहो भने कहाँ सुरक्षीत छन् नारी ? सरकार सधै नारीका विषयमा सम्वेदनशील छ,भन्छ तर यहाँ सार्वजनिक स्थल देखि घरमा शोषणमा नारी पर्छिनन् । हैनभने केहि दिन अगाडि पोखराकी  रिया , खिममाया , जमुना र गुल्मीकी चन्दन जस्ता नारीको मृत शरिरमा फुल चढाउनु पर्ने थिएन् । यी र यस्ता घटना प्रर्तिनिधी पात्र मात्र हुन् ।

अन्नपुर्ण दैनिकमा डोल्पा जस्तो विकट क्षेत्रका महिलाहरुले छोरी गर्भमै रहेको पहिचान गरेर भूर्ण हत्या गरेको खबर प्रकाशीत हुन्छ , आजको दिनमा गर्भमा छोरी भएकै कारण भूर्ण हत्या गर्न बाध्यछन् महिला किन ? कस्कालागि त्यहाँ कस्तो नजर जाने ।

कस्ले निकाल्यो विज्ञप्ती अनी कस्ले गर्यो अनुगमण । त्यहाँ महिला आफैले छोरीको पहिचान गरेर भुर्ण हत्या गरेका हुन या पुरुषको  दवावमा गराइएको हो । यि र यस्ता विषयहरुका बारेमा भाषण गर्न आठ मार्चनै किन ? सडकमा किन जादैनन् महिला यो प्रश्न आम जनमानसमा खड्किएको हुनसक्छ । 

त्यस्तै हालै कान्तिपुरमा ११ युवती दिल्लीबाट उद्धारको खबर प्रकाशीत भयो त्यसपछि ती युवति कता गए, के भयो के कारण त्यहाँ पुगे कस्को मार्फत पुगे खै, दोशीलाई कारबाहीको प्रक्रिया के हुने ? खोजनिति कस्ले गर्ने, कहिले सम्म पैशाको आडमा कार्यक्रम गर्ने कहिले सम्म विदेशीको सहयोगमा नेपालका महिलाका सवालमा एनजिओ आइएनजीओले आफ्नो पहिचान बढाउने यो प्रश्न यी क्षेत्रमा काम गर्ने संस्थालाई । सन् १९७३ मा महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन महासन्धी संयुक्त राष्ट्रसंघ सभाद्वारा पारित गरी सन् १९८१ देखि लागू गरियो । तरपनि हामी आज १३ औं सताप्दीका मानिस महिलामाथिको हिंसालाई टुलुटुलु हेरेर बस्नुबाहेक अन्य केहि छैन्  ।

महासन्धीलाई १९९२ मा नेपालले अनुमोदन गरेको थियो । महिलामाथि हुने हिंसाका सवालमा बोल्न आठ मार्च कुर्ने परिपार्टीको अन्त्य कहिले हुन्छ ? श्रीमानले कान्छी श्रीमति ल्याउदा मुद्धा मामिलामा अग्रस्थानमा उभिने महिला छिमेकिले श्रीमती कुट्दा उस्कै कुरा काटेर बस्नछन् यहाँ ।

समाजमाहुने महिलामाथिका हिंसालाई अन्त्य गर्न कार्यान्वयको पक्ष बलियो हुन आवश्यक छ । यसवर्षको नारी दिवसको नारा अन्तराष्ट्रिय रुपमा ‘लैङ्गिक समानताका लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी’ र नेपालमा ‘संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं’ भन्ने नारा तय गरिएको छ । 

२०३० सम्म पुग्दा कतै महिलामाथि हिंसाभएको अनुभुति गर्न नपरोस् भन्ने प्रश्न आजको मुल विषयबस्तु हुन हुक्छ । के कारण महिलामाथि हुने हिंसा अन्त्य गर्न सकिन्छ । कार्यतालीका राज्यले बनाउन आवश्यक होइन र ? 

नयाँ संविधानलाई आत्मसाथ गर्दै समाजमा हुने सबै प्रकारका महिला हिंसाको अन्त्यहुन आवश्यक  रहेको छ । महिलाको विद्यमान अवस्थालाई उठाउनका लागि समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा, संरक्षणजस्ता आयामलाई एकीकृत रूपमा अगाडि बढाउन राज्यले पहलसुरु गर्नुपर्ने समय आएको हो ।

महिलामाथि हुदै आएको प्रजनन स्वास्थ्य तथा हिंसा एवम् विभेदविरुद्धको एकताको मौलिक हकका रुपमा प्रत्याभूत गर्न नयाँ संविधानको सहि कार्यान्वयन गर्न आवश्यक छ । व्यवस्थापिका–संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्नेमा  विश्वास व्यक्त गर्न सकिन्छ । 

आज जसरी महिलाका सवालमा, अधिकार स्थापित गर्न गराउन स्वस्फुर्तरुपमा शुभकामना तथा महिलाका सवालका विषयमा आवाज उठेका छन् यसैगरि अन्य दिनमा पनि उठ्न आवश्यक रहेको छ । 

आठ मार्चमात्र नभएर हेरक दिनलाई आठमार्च कारुपमा विकास गरि अगाडि बढेमा धेरै समस्याहरु हल गर्नसकिने थियो । त्यसकारण महिलाका सवालमा सबै गम्भीर बन्न आजको आवश्यकता छ ।                              

                                                                                                                                                 

 

 

 

Top